काठमाण्डौ । संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाई गर्ने भएको छ । सिंहदरवारमा सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई गर्ने सन्दर्भमा समिति सचिवालयले तयार पारेको कार्यतालिका परिमार्जन सहित पारित गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिनुभयो ।
कार्यतालिका अनुसार माघ २० गते बस्ने समितिको बैठकले खड्काको संसदीय सुनुवाई गर्ने बताउनुभयो । खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा जानकारी गराउन दिएको समयमा कुनै उजुरी प्राप्त नभएको समिति सभापति न्यौपानले बताउनुभयो । पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com