काठमाण्डौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको हो । उहाले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गर्नुभयो । त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई अघि बढाउनुपर्ने उहाको भनाइ छ ।
अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक नभएसम्म कुनै पनि शिक्षक विद्यालय नफर्कने स्पष्ट पार्नुभयो । आन्दोलनलाई सफल बनाउन प्रत्येक शिक्षकबाट एक सय रुपैया उठाउन सर्कुलर गरिएको र त्यहि उठेको रकमबाट आन्दोलन चलिरहेको उहाले बताउनुभयो । उहाले विद्यालय शिक्षा विधेयक अघि बढाउन बिभिन्न राजनीतिक दलको ढोकामा गएपनि उनीहरुले वेवास्ता गरेका कारण अहिलेको अवस्था आएको उल्लेख गर्नुभयो । आफुहरुको आन्दोलनका कारण पढाईमा पर्ने असरको क्षतिपूर्ति आफुहरु दिन तयार रहेको उहाले बताउनुभयो ।
अध्यक्ष सुवेदीले बाधा नपारिकन सुन्ने चरित्र राज्यको नभएकाले आफुहरुले कठोर आन्दोलन गर्नुपरेको जिकिर गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com