
जनकपुर, असोज २८ –मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभा बैठकमार्फत राजीनामाको घोषणा गर्दै उहाँले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफू पछि हटेको स्पष्ट गर्नुभयो।
प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने तयारी गरिएका बेला सिंहले सम्बोधनका क्रममा राजीनामाको घोषणा गर्नुभएको हो। विश्वासको मत नपाउने निश्चित भएपछि सिंहले पदबाट अलग हुने निर्णय लिनुभएको हो।
“म राजनीतिक गणितका लागि होइन, जनताको हित र संवैधानिक सर्वोच्चताका लागि उभिएको हुँ,” सिंहले भावुक आवाजमा भन्नुभयो, “संकटमा सच्चा मित्र र सच्चा चरित्रको परीक्षा हुन्छ, म आज त्यही परीक्षामा छु।”
मुख्यमन्त्री सिंहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रदेश र मधेशी जनताको भलाइलाई केन्द्रमा राख्दै आफूले राजीनामा दिएको बताउनुभयो।
सिंहको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। राजीनामापछि सिंहले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भने, “सत्ता रहिरहन्छ, तर विश्वास गुमेपछि पदको अर्थ रहँदैन। मैले जनताको म्यान्डेट र संविधानप्रति इमान राख्ने प्रयास गरेँ।”
प्रदेश प्रमुख हरिशंकर मिश्रले सिंहको राजीनामा स्वीकृत गर्नुभएको छ। संविधानअनुसार अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com