
काठमाडौं । जेनजी मुखुण्डो लगाएका यी अर्जुन शाही । आजभोली गुण्डागर्दी शैलीमा हरेक सरकारी कार्यालयमा जाने अनि हाताहाती राजीस्नामा माग्ने । यस्तो हर्कत उ बेलाको रााणा शासनमा पनि थिएन सायद । आजकाल शाही र उनका अरौटे भरौटेहरु अख्तियार जाने, एयरपोर्ट जाने अनि त्यहाँका हाकिम, कार्यालय प्रमुखहरुको हाताहाती राजीनामा माग्ने धन्दामा सक्रिय छन् । उनले आफूलाई जेनजी प्रतिनिधि भन्छन् । र जेनजीको चाहना भन्दै गुण्डागर्दी शैलीमा आतंक श्रृजना गर्छन् । अहिले सामाजिक संजालहरुमा यीनी को हुन् ? आँखिर किन यसरी यस्तो धन्दामा सक्रिय छन् ? कसले खटाएर यीनि यसरी ठाड ठाडै कार्यालय घुसिरहेका छन् ? सवत्र चासो उत्पन्न भएका छ । र भर्खरै सार्वजनिक भएको छ यीनि पनि कुनै निर्दाेष व्यक्ति हैनन् । ठगी धन्दामा यीनको राम्रै कनेक्शन देखिएको छ । यी प्रमाणहरु हेर्नुहोस् । यी सबै यीनको ठगी धभन्दाका प्रमाणहरु हुन् ।
अछाम पञ्चदेब विनायक नगरपालिका ४ घर भइ हाल काठमाडौंमा बस्दै आएका यी शाही विरुद्ध चेकबाउन्स देखि ठगीको अभियोग छ । आफूलाई युवाहरुकै मसिहा ठान्ने शाहीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाहरुलाई नै ठगी गरेको भन्दै प्रहरीमा उजुरी नै परेको खुलासा भएको छ । यति मात्रै कहाँ होर ? शाहीले लाखौं नगद सापटी लिएर रकम नै नभएको चेक दिएको अभियोग मा प्रहरीमा उजुरी नै पुगेको छ । आश्चर्यको कुरा त ठगीको आरोप लागेका यी शाही प्रधानमन्त्री शुशीला कार्कीको सथप ग्रहण समारोह पछि खिचिएको सामुहिक तस्वीरमा कार्कीसंगै छन् ।
पज..
शाहीको विगतको अपराध कर्मको फेहहिस्त हेरौं ।
शाही विरुद्धको अभियोग नम्बर एक ।
युवायुवतीहरुलाई जापना लगायतका देश रोजगारीमा पठाउछु भन्दै ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ । आफूलाई जापान पठाइदिने भन्दै रमक लिएर विदेश नपठाएपछि सुवास तामाङ नामका व्यक्तिले शाही विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
अभियोग नम्बर २
शाही विरुद्ध एक होइन चार चार चेक बाउन्सका मुद्धा, विगो मात्रै ३१ लख १० हजार रुपैयाँ
शाही र उनका साथी होहराज खोपाङ्गी मगर मिलेर रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउस चलाउँदा कृष्ण फुयाल नामका व्यक्तिको कार्यालयबाट क्यामेरा, कम्युटर लगायतका सामानहरु शाहीले लिएर गए । बदलामा तीन लाख ८० हजार रुपैयाँको चेक दिए , तर उक्त चेकमा रकम नभएको भन्दै साटिएन् । त्यसपछि फुयालले शाही विरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका थिए ।
शाही विरुद्ध प्रहरी वृत महाराजगन्जमै रोजिना थापा नाम भएकी महिलाले पनि चेक बाउन्सको कसुरमा मुद्धा दर्ता गराएको खुलेको छ । शाहीले आफूलाई १० लाख ३० हजार रुपैयाँको चेक काटेको तर उक्त चेक नसाटिएको गुनासो गर्दै शाही विरुद्ध थापाले २ हजार ८१ बैशाख २७ मा उजुरी दर्ता गराएकी रहेछिन् ।
विद्या श्रेष्ठ नाम गरेकी महिलाले प्रहरी वृत स्वयम्भूमा गत बैशाख २७ गते १० लाख रुपैयाँको चेक बाउन्सको उजुरी दर्ता गराएकी थिइन् । त्यस्तै २ हजार ८१ पस २३ मा बौद्ध प्रहरी वृत बौद्धमा पनि शाही विरुद्ध ७ लाख रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको अर्को खुलासा भएको छ ।
शाही पछिल्लो समय जेनजीको आवरणमा विभिन्न सरकारी निकायमा पुगेर उच्च पदस्थ कर्मचारीहरुलाई धक्की दिने गतिविधिमा सक्रिय छन् । शाहीले अख्तियार,नागरिक उड्डयन प्राधिकरण,नेपाल वायु सेवा निगम पुगेर त्यहाँका कार्यालय प्रमुखहरु र अन्य कर्मचारीलाई खुलमखुला धम्की दिँदै पदबाट राजीनामा दिन दवाव दिएका थिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा दिन जर्वजस्ती गरेका शाहीले वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी लाई त घरबाटै थुतेर ल्याउने सम्मको धम्की दिएका थिए । जेनजीको आवरणमा कर्मचारीविरुद्ध अभद्र व्यवहार गर्ने शाही अहिले पनि निस्फ्रिकी हिडिरहेका छन् ।
जेनजी आन्दोलनको आडमा माथिल्लो तह सम्मै पहुँज विस्तार गरिसेका र प्रधानमन्त्री कार्की संगै तस्वीर लिन सफल भएका शाहीलाई प्रहरीले कारबाही गर्नेमा भने पीडितहरु शंशकित छन् । कार्की इलाम उपनिर्वाचनमा उठेर ५५ मत समेत ल्याएका थिए । पछिल्लो समय जेनजी अगुवाहरु विभिन्न विवादमा मुछिन थालेका छन् , त्यसको सुदन गुरुङ समेत अछुतो छैनन् , खास गरी गुरुङ फ्रि टिब्बट अभियान संग जोडिएको आशंका गरिन्छ भने उनले चलाएको हामी नेपाली नामक संस्थाको आयस्रोत र आर्थिक कारोबारका बिषयमा पनि सार्वजनिक रुपमै प्रश्न उठेको छ । जेनजी आन्दोलनमै सक्रिय सहभागीता जनाएका टीओबी का सञ्चालक तेन्जिङ दावालाई त प्रहरीले पक्राउ गरेर अनुसन्धान नै गरिरेहको छ । बास्तविक जेनजी युवाहरुको रगतमा आफ्नो अपराध कर्म लुकाउन आफूलाई असली जेनी भन्नेहरुको अहिले प्रतिस्पर्धा नै चलिरहेको छ । यति मात्रै नभएर आर्थिक लाभ लिन उद्योगी व्यवसायीलाई समेत जेनजीकै नाममा धम्की दिने र तर्साउने काम जारी छ । जेनजीको आवरणमा भैरहेका यस्ता अराजक र आपराधिक गतिविधि रोक्न राज्य संवेदनशीलन बन्न आवश्यक भैसकेको छ ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com