
काठमाडौं । जेन जी आन्दोलनका क्रम्मा यातायात व्यवस्था विभागको भवन नै सग्लो रहन सकेन् , जलेको भवनको अहिले मर्मत संभार चलिरहेको छ । भवन नै जलेर ध्वस्त भएपछि अब त्यहाँ भित्र रहेका अन्य सामाग्री कसरी बच्ने ? स्वभाविक रुपमा यातायात विभागमा रहेका अधिकांश सामाग्री जलेर नष्ट भए , त्यसमा झण्डै २५ हजारको संख्यामा रहेका सेवाग्राहीका सवारी चालक अनुमति पत्र पनि जलेर नष्ट भए । तर आश्चर्य जनक रुपमा तीन हजार सवारी चालक अनुमति पत्र भने सुरक्षित रहे । तीन हजार सवारी चालक अनुमति पत्र कस्को होलान् ? को होलान् तीन हजार भाग्यमानी ? के तपाई पनि सवारी चालक अनुमति पत्रका लागि आवेदन दिनु भएको थियो ? ट्रायल पास गरेर लाइसेन्सको लागि प्रतिक्षारत हुनु हुन्थ्यो भने तपाई मध्ये कोही ती तीन हजार भाग्यमानी मध्ये पर्न हुन सक्छ । अब कसरी थाहा पाउने ? त्यसका लागि पनि विभागले नै अहिले फेसबुक पेज खालेको छ । अहिले विभागको वेवसाईट पनि बन्द छ । त्यसैले फेसबुक पेज मार्फत तीन हजार सवारी चालक अनुमति पत्रलाई सार्वजनिक गरिहेको छ ।
झण्डै २५ हजार चालक अनुमति पत्र रहेकोमा ३ हजार मात्रै कसरी सुरक्षित रहे भन्ने जो कोहीमा जिज्ञासा हुनु स्वभाविक नै हो । यसमा विभागका कर्मचारीले गरेको मेहनत नै महत्वपूर्ण छ । जेन जी आन्दोलनका क्र्ममा केही आन्दोलनकारीले सवारी चालक अनुमपति पत्र यत्रतत्र छरिदिएका थिए । तीनै छरिएर रहेका चालक अनुमति पत्रका साथै आगलागीमा बचेका चालक अनुमति पत्रलाई कर्मचारीहरुले खोजेर जम्मा पार्दा तीन हजारको संख्यामा चालक अनुमपति पत्र सुरक्षित भेटिएका हुन ।
सुरक्षित रहेका चालक अनुमति पत्रलाई अहिले फेसबुकमा राखिदिने र विभागमा आउने सेवाग्राहस्ीलाई प्राङगणमै अस्थायी कार्यालय स्थापना गरेर वितरणको काम भैरहेको छ ।
बचेका सवारी चालक अनुमति पत्र वितरणको काम जारी रहेपनि नयाँ आवेदन लिने काम लगायतका विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अहिले ठप्प छन् । आगजनीका क्र्ममा विभागको भवनमा रहेका चालक अनुमति पत्र प्रिन्टर देखि सम्पूर्ण सामाग्री जलेका थिए । भवन नै जलेपछि सबै हस्तलिखित डाँडा पनि जले , तर सबै प्रक्रिया पुरा गरेर लाइसेन्सको प्रतिक्षामा रहेकाहरुको डाटा सुरक्षित रह्यो कि रहेन भन्ने महत्वपूर्ण प्रश्न हो ? यसमा पनि केही राहात पाउने खबर छ । आन्दोनलमा भवन जल्नु एक हप्ता अघि सम्मका सम्पूर्ण डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।
जलेको भवनको अहिले मर्मत कार्य जारी छ भने विभागले दिने सेवा पुन सुचारु गर्नका लागि पहल पनि भैरहेको छ । अब तिहार आसपासमै अधिकांश सेवा सुरु गरिने गरी दुर्त गतिमा काम भैरहेको छ । त्यसका लागि विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रसंग सहकार्य गरिहेको छ ।
तत्कालका सञ्चालनमा ल्याउन सकिने सेवा सुचारु गरेपनि लाइसेन्स प्रिन्टर लगायतका अन्य महत्वपूर्ण सामाग्री खरिदका लागि भने समय लाग्ने देखिन्छ । सार्वजनिक खरिद ऐनका कारण तत्काल खरिद गर्न नसकिने अवस्था बनेको हो ।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com