
काठमाडौं । ढाडिएका जनार्दन शर्मा । जसले युद्धकालिन मोआवादी शान्ति प्रक्रियामा आए देखि संधै लाभको राजनीति मात्रै गरे । अनि डम्म अगाएका साँडे झैँ अहिले आएर प्रचण्ड विग्रिए हामी सद्दे हौँ शैलीमा पार्टीबाट अलग भएका छन् । यसबीचमा जनार्दनले प्रचण्डको फेरो समातेर केके सम्म पाए त । फर्केर हेर्दा यीनले माओवादी पार्टीको नामबाट पाउनु बाँकी केही पनि छैन ।
जनार्दन शर्माको राजनीतिक यात्रा २०६३ सालको अन्तरिम व्यवस्थापिकाबाट सुरु भएर, पाँच पटक शक्तिशाली मन्त्री, दुई पटक संविधानसभा सदस्य दुई पटक सांसद, एक पटक सार्वजनिक लेखा समितिका सभापति भइसकेका छन् । पटक पटक शक्तिशाली मन्त्री बनेका जनार्दनले आखिर देशका लागि चाहँि गरे योगदान गरे त ? उर्जामन्त्री हुँदा देशले लोडसेडिङबाट मुक्ति पायो तर त्यसको क्रेडिट यीनले पाएनन्, किन त कुलमान घिसिङले पाए कि त सोझै तात्कालिन प्रधानमनत्री प्रचण्डले पाए । त्यसलाई छाडेर हेर्ने हो भने यीनि मन्त्री हुनु देशका लागि दुर्भाग्य मात्रै सावित भए । पछिल्लो पटक २०७८ सालमा अर्थमन्त्री हुँदा त करकारे दर हेरफेर प्रकरणमा बालबाले बाँचेका व्यक्ति हुन् जनार्दन शर्मा । शेरबहादुर देउवा र आरजु दउवा राणाका छोरा जयबीर देउवासंग मिलेर केही सिमित बस्तुको आयातमा करकारे दर हेरफेर गर्नका लागि यीनले मन्त्रीको हैसियतमा बजेट भाषणको अघिल्लो रात कुटिल चाल चालेको भन्दै देशभर आलोचना भयो । पछि शक्तिकै आडमा यीनले आफूलाई सुन पानी छर्किए । त्यसबला सिसि क्यामेराको लाइन नै काटेर सुचना लिक हुनबाट रोकेका थिए । पछि मुसाले लाइन काटेको भनेर उन्मुक्ति पाए । त्यही दिनबाट फ्रेन्चकट दारी वाला जनार्दनलाई मानिसहरुले लाइन काट्ने मुसोको संज्ञा दिन थाले ।
२०६३ सालमा अन्तरिम सरकारमा मन्त्री बने देखि अक्सर माओवादी पार्टी सरकारमा रहेको बेला उनी मन्त्री बनेकै छन् । उनले प्रधानमन्त्री बन्न पाएका छैनन् । नत्र नचाहरेको कुनै शक्ति शाली मन्त्रालय छैन । तात्कालिन शान्तिमन्त्री, उर्जामन्त्रीदेखि अर्थमन्त्री, गृहमन्त्री, बनिसकेका जनार्दन शर्मा माओवादीभित्र सर्वाधिक सुविधाभोगी नेताहरु मध्यमा दरिन्छन् । १० वर्षे जनयुद्धपछि २०६३ सालमा माओवादी पार्टी शान्ति प्रक्रियामा आएको थियो । मंसिर ५ गते वृहत शान्ति सम्झौता भएपछि माओवादीहरु सत्तामा आए । तात्कालिन अवस्थामा अन्तरिम व्यवस्थापिका संसद पुनस्थापित भयो । जहाँ माओवादी तेस्रो शक्तिका रुपमा प्रवेश भयो । र जनार्दन शर्मा पनि पार्टीको कोटाबाट विधायिका बने । त्यसबेला यीनलाई पार्टीले सचेतककै जिम्मेवारी सुम्पीयो । त्यसपछि यीनले सत्ता सुविधाको मिठौ स्वामदबाट टाढा हुनु परेन ।
२०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा उनी रुकुम क्षेत्र नं. २ बाट संविधानसभा सदस्य निर्वाचित भए । प्रचण्डका प्रिय लडाकु जनार्दन सभाषद भए लगत्तै मन्त्री बने । अर्थात २०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म शान्ति तथा पुननिर्माण मन्त्री ।
पुनः २०७० सालमा भएको दोस्रो संविधान सभामा पनि उनी रुकुम क्षेत्र नं. २ बाट पुनः निर्वाचित भए । २०७१ सालमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति नियुक्त भए । अनि पुन २०७३ साउन ३० देखि २०७४ जेठ २४ सम्म उर्जामन्त्री बने । त्यसपछि फेरि २०७४ सालमा गृहमन्त्री बने । २०७४ बैशाख २४ देखि २०७४ असोज ६ सम्म । त्यसपछि लगातार निर्वाचन ताका २०७४ असोज ६ देखि २०७४ पुस २८ सम्म विना विभागीय मन्त्री बने ।
त्यसपछि उनी अर्थमन्त्री बने । २०७८ असार २९ देखि २०७९ पुस २८ सम्म ।
जनार्दन शर्माको राजनीतिक यात्रा २०६३ सालको अन्तरिम व्यवस्थापिकाबाट सुरु भएर, पाँच पटक शक्तिशाली मन्त्री, दुई पटक संविधानसभा सदस्य दुई पटक सांसद, एक पटक सार्वजनिक लेखा समितिका सभापति भइसकेका छन् ।
तर यीनले दुई दशकसम्म सम्झन लायक काम के गरे त ? फलतः जनार्दशन भोगविलासमा लिप्त नेताहरुको सुचीमा पर्दछन् । राज्यको सुविधा भोग गर्नमा माओवादीमा सबैभन्दा अग्रसर औँलामा गन्न सकिने नेताहरुको सुचीमा उनको नाम आउँछ । संधै पार्टी अध्यक्ष प्रचण्डलाई घुक्र्याउने, थर्काउने, चाप्लुसी गर्ने यीनको शैली नै थियो । र मन्त्री पद पाइहाल्थे । तर पछिल्लो पटक प्रचण्ड सरकारमा पुन अर्थमनत्री बन्ने दौडमा रहेका जनार्दनलाइै ब्रेक लगाएर वर्षमान पुनलाई अर्थमनत्री बनाएपछि प्रचण्डसंग जनार्दन झनै फायर भएका थिए । पार्टीमा पनि महासचिव बन्ने दौडमा रहेका जनार्दन उपमहासचिवमै थन्कीएका थिए । अब पनि पार्टीको नेतृत्व गर्न नपाइने भएपछि उनी प्रच(डसंग लगभग सम्वन्ध टुटाउने निष्कर्षमै रहेको उनी निकटहरु बताउँछन् । तर यसबीचमा जेनजी आन्दोलनले देशको राजनीमिा नयाँ मोड ल्याएको छ र पार्टीहरु पनि छिन्न भिन्न बनेका छन् । लथालिंग अवस्थामा प्रचण्डलाई छाडेर उनै जनार्दन शर्मा अलग बाटोमा लागेका छन् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com