
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अनुहार सम्झिदा धेरैले उनले लगाएको कालो भादगाउले टोपी, कालो चश्मा, कालो कोट र कालै पेन्टलाई सम्झन्छन् । औपचारिक बाहेक अधिकाशं सार्वजनिक कार्यक्रममा यहीं गेटअपमै प्रस्तुत हुन्थे। त्यस्तै लामो कपाल र लामै दारी वालेनलाई सम्झने अर्को पहिचान हो । तर सोमवार काठमाडौं महानगरपालिकाले आफ्नो ३१ औं स्थापना दिवस मनाउनका लागि आयोजना गरेको कार्यक्रममा मेयर साहको हुलिया भने पुरै फेरिएको थियो । वोलेनको ट्रेड मार्क नै बनेको लामो कपाल र दारी थिएन् । शिरमा भादगाउने टोपी भने थियो ।सधै कालो पेन्ट, कोट र कालै टिर्सट लगाउने वालेन सेतो दौरा सुरुवालमा सजिएका थिए ।
बालेनको कपाल र दारी नहुनुका पछाडी आफ्ना बुवा रामनारायण साहको निधन हुनु हो । रामनारायण साहको गत मंसिर १५ गते उपचारका क्र्ममा ७७ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना बुवाको अन्तिम संस्कारमा पशुपतिनाथ स्थित आर्यघाटमा भने साह पुरानै गेटअपमा थिए । बुवाको निधनपछि उनी काजक्रियाका लागि घरमा थिए ।बुवाको निधनका गहिरो शोकमा रहेका मेयर साह पहिलो पटक सोमवार सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् । वुवाको निधनपछि पहिलो पटक सार्वजनिक रुपमा देखा परेका मेयर साह सामान्य र सहज रुपमै प्रस्तुत भएका थिए । सो क्र्ममा उनले लिखित मन्तव्य दिएका थिए । महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले खर्च कटौटी आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।
कार्यक्रमा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसायप्रताप यादव, सभामुख देवराज घिमिरे लगायतका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो । आइतवार मात्रै साहले सम्पूर्ण नेपाली बुवामा सम्पत्र्ति गीत पनि आफ्नै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । आम नेपाली बुवा बोलको गीतलाई यो रिर्पोट तयार पार्दा सम्म झण्डै नौ लाख बढीले हेरेका छन् । त्यस्तै झण्डै ११ हजार कमेन्ट प्राप्त भएको छ । अधिकांशले वालेन र उनले गाएको गीतको समर्थन गरेका छन् ।
भिडियो

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com