
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा दोहोरिने दाउमा रहेका केपी शर्मा ओलीका लागि ४ सय ४० भोल्टको झड्का लागेको छ । विगत देखि नै ओलीलाई साथ दिदै आएका विश्वास पात्रहरु असन्तुष्ट बन्दै साथ छाडेपछि ओलीलाई नराम्रोसंग झड्का लागेको हो । आफ्ना नजिकका विश्वासपात्रहरुले साथ छाडेपछि ओलीलाई नेतृत्वमा दोहोरिन झनै कठिन भएको छ । ओलीको साथ छाड्नेहरुमा उपमहासचिव प्रदीप ज्ञवाली र सचिव राजेद्र गौतम लगायत छन् । उपहासचिव ज्ञवाली महासचिवका दावेदार थिए । ओली पक्षले सार्वजनिक गरेको प्यानलमा भने उनको नाम उपाध्यक्ष पदको उम्मेदवारका लागि तय गरिएको थियो ।
ओली प्यानलमा आप्नो नाम उपाध्यक्ष पदका लागि भएपछि ज्ञवाली रुष्ट भएर महाधिवेशनस्थल भृकुटी मण्डप छाडेर घर हिडेको बताइएको छ । ओली पक्षबाट महासचिवको उम्मेदवारमा अहिलेका महासचिव शंकर पोखेरललाई नै दोहोराउने गरी उम्मेदवार बनाइएको छ । ज्ञवाली पार्टीमा राम्रो प्रभाव राख्ने र विगतमा ओलीको बचाउमा खरो रुपमा उत्रिने मध्येका एक हुन् । ज्ञवाली रुष्ट भएपछि ओलीलाई नराम्रोसंग झड्का लागेको बताइन्छ ।ज्ञवालीले आफू महासचिव भन्दा माथिल्लो पद र तल्लो पदमा पनि नबस्ने बरु केन्द्रीय सदस्य पदमै चित्त बझाउने बताएको निटक स्रोतहरुको भनाइ छ । त्यस्तै ओलीको नजिकका विश्वासपात्र मध्येका अर्का नेता स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन् । उनले अध्यक्षमा ओलीलाई समर्थन गर्दै आफू उपमहासचिवमा उम्मेदवारी दिने इच्छा देखाएका थिए तर ओली प्यानलबाट आफू उपहासचिवमा नसमेटिएपछि गौतम रुष्ट बनेका हुन् । उनले आफू अब उपहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
ओली प्यानलबाट उपमहासचिव पदका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार छन् । गौतम ज्ञवाली मात्रै नभएर ओलीका अन्य निकट सहयोगहरुले समेत साथ छाडेपछि ओलीलाई अध्यक्ष पदमा दोहोरिने चाहनामा गंभीर ठेस पुगेको बताइन्छ । ओली प्यानल र इश्वर पोखरेल प्यानलमा नअटाएकाहरुले स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् । ती मध्येका सुहाँङ नेम्वाङ पनि छन् । ओली प्यानलमा नपरेपछि सुहाङले आफू केन्द्रीय सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उता पोखरेलले भने ओली समूहमा नपरेकाहरुलाई आफ्नो प्यानलमा समेट्नका लागि थप सक्रियता बढाएका छन् । ओली पक्ष भने सुरु देखि नै सहमतिबाटै नेतृत्व चयन गर्ने बताइरहँदा आकांक्षीहरु धेरै भएको र पोखरेलले पछि हट्ने अडान नछाडेपछि मतदान मार्फत नेतृत्व टुंगाउने अवस्था बनेको छ ।
भिडियो
https://www.facebook.com/share/v/16W5nLvoSU/

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com