काठमाण्डौ, साउन ५ । रुसले आजदेखि युरोपका लागि प्रमुख पाइपलाइनमार्फत ग्यास आपूर्ति सुरु गरेको छ । पाइपलाइन अपरेटरले रूसले आफ्नो ठूलो ऊर्जा निर्यात पश्चिमी प्रतिबन्धहरू विरुद्ध प्रयोग गर्ने बताएको छ । पाइपलाइन पुनः सुरु भएको बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा रुसी सेनाको निशाना अब आफ्नो पूर्वी भाग डोनबासबाट अघि बढेको बताएका छन् ।
यहाँ चिन्ता के छ भने रूसको नर्ड स्ट्रिम १ पाइपलाइन मार्फत पठाइएको ग्यासको आपूर्ति रोक्न सकिन्छ, किनकि युरोपेली संघले बुधबार सदस्य राष्ट्रहरूलाई आपतकालीन उपायको रूपमा मार्च सम्ममा १५ प्रतिशतले ग्यासको प्रयोग कटौती गर्न भनेको छ ।
ईयू आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले भनेकी छिन्, ‘रुसले हामीलाई ब्ल्याकमेल गरिरहेको छ । रुसले ग्यासलाई हतियारको रुपमा प्रयोग गरिरहेको छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com