काठमाण्डौ, साउन ६ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा दैनिक कार्यसूची अनुसार नागरिकता विधेयकमाथि छलफल र पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत हुनेछ ।
आजको सम्भावित कार्यक्रममा उल्लेख भए अनुसार ’नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९’ माथि छलफल हुनेछ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमाथिको छलफल र संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
गृहमन्त्रीले नै उक्त विधेयकलाई पारित गरियोस् भन्दै संसद्मा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com