काठमाण्डौ, साउन ६ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै आजै सार्वजनिक गरिने भएको हो ।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति आज दिउँसो साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अर्थतन्त्रको अवस्था धेरै बिग्रिसकेको हुँदा वित्तीय स्थायित्व हुने किसिमको मौद्रिक निती ल्याउनुपर्ने चुनौती छ ।
एकातिर अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धिमा वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती राष्ट्र बैंकलाई छ भने अर्कोतिर चालु आर्थिक वर्षको बजेटमा ३० वटाभन्दा बढी कार्यक्रम घोषणा भएका छन्, जुन मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्नेछ । यी कारणले पनि राष्ट्र बैंकले बाहिर भन्दै आएजस्तो अति कसिलो नीतिको सम्भावना कम रहेको जानकारहरू बताउँछन् ।
अघिल्ला दुई आर्थिक वर्ष राष्ट्र बैंकले तुलनात्मक रूपमा विस्तारकारी (खुकुलो) मौद्रिक नीति ल्याएकाले चालु आर्थिक वर्षमा पनि सोही प्रकृतिको अपेक्षा सरोकारवालाहरूले गरेका छन । तर, राष्ट्र बैंक भने यो वर्ष कसिलो मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com