काठमाण्डौ, साउन ६ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन् ।
यस्तै सांसद सुवालले नागरिकता विधेयकलाई ’फास्ट ट्र्याक’ बाट पारित गर्नु देशको हितमा नभएको बताए । नागरिकता विधेयक ’फास्ट ट्र्याक’ बाट पारित गर्न खोज्नु देशको हितमा नभएको उनको भनाइ छ । उनले भने, ‘नागरिकता विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्ने गरी कार्यसूची बनाउनु जरुरी छ ।’
आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनको भनाई छ । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उनीले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com