काठमाण्डौ, साउन १० । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाल सम्पती शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको बताउँदै यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका हुन् ।
उनले नेपाललाई सम्पती शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले के–के काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउन माग गरे । उनले सम्पती शुद्धीकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पर्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com