काठमाण्डौ, साउन १३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।
आज बिहान खुमलटारमा प्रचण्ड र खााणबीच भएको भेटवार्तमा समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
दुई नेताबीच नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र नेताहरूसँग परामर्श गरिरहेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनको मिति घोषणाको तयारी गरेका छन् तर, प्रचण्डले एक दुई दिन पर्खिन भनेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com