काठमाण्डौ, साउन १६ । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि उठाएको छ । प्रहरीले शव उठाउन अघि स्थानीयवासीले पोस्टमार्टमका लागि खोज्दा अवरोध गरेका थिए ।
सोमबार बिहान काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका थिए । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने मृतक दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आफुले आत्महत्या गरेको आशंका गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com