काठमाण्डौ, साउन १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गरेको छ । महँगी र भ्रष्टाचार बढिरहेको विषयलाई लिएर आज एमालेले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले परमादेशी सहभागीले सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।
एमालेको जनप्रदर्शन वसन्तपुर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा भएको छ । जनप्रदर्शनमा पार्टीका काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसद, पार्टीको केन्द्रीय विभागको सहभागिता छ ।
भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com