काठमाण्डौ, साउन १९ । आगामी मंसीर ४ हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबार (भोली)देखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।
चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
यसैबिच, निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम भोलीदेखि स्थगित गर्ने भएको छ । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने आजै निर्णय गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com