काठमाण्डौ, साउन २० । आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले जानकारी दिए ।
सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका हुन् । २०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए ।
अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेको छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरिसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com