साउन २३ । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयमा रहँदा आफुले बनाएको योजनाअनुसार राम्रोसँग काम गर्न नपाएको बताएकी छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै झाँक्रीले गत आर्थिक वर्ष २०७८÷७९ को अन्तिमसम्म काम गर्न पाएको भए मन्त्रालयको ८० प्रतिशतसम्म काम सक्ने उनले दाबी गरिन् ।
८ महिना २० दिन मन्त्रालय बसेकी झाँक्रीले सम्हालेकी झाँक्रीले मन्त्रालयको कार्यप्रगति गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा धेरै देखिएको तर, यो कार्य प्रगतिलाई आर्थिक वर्षको अन्तिमसम्म ८० प्रतिशतभन्दा माथि पुर्याउने योजना बनाएको दाबी गरिन् ।
मन्त्री झाँक्रीले भनिन, ‘जेठको २३ गते असार मसान्त अगावै ५१ वटा नगरपालिकामा ५०–५० करोड रुपैयाँ लगानीका रुपमा लगानी गर्ने भनेका थियौं । त्यसपछि १० वटा बोर्डर टाउन सिमानाका सहर आर्थिक विकासका आधार हुन भनेर अघि बढाइएको थियो । यी विषयले राम्रा सहर भएपछि आर्थिक गतिविधि हुन्छ र पर्यटकको गतिविधि बढ्छ भनेर योजना ल्याइएको थियो ।’
यस्तै, ट्रान्स हिमालयमा पनि सहर बनाउने योजना ल्याइएको उनको दावी छ । उनले भनिन्, ‘मन्त्रालयले अघि बढाएका आयोजनाले पूँजीगत खर्च गर्ने र काम समेत हुने योजना थियो ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com