साउन २३ । बिधानसम्मत भातृसंस्थाको गठन गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन गर्नु, बिधानसम्मत भातृसंस्थाहरुको गठन गर्न र त्यसलाई पुर्णता दिनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघका नेता भुवन भट्टले जानकारी दिए ।
पार्टी कार्यालय अगाडी उनीहरुले तत्काल नेपाल विधार्थी संघको बिधानसम्मत गठन गर, कार्यसमितिको निर्णय कार्वान्यन गर जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com