साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको आडमा विकास निर्माणका काम रोक्ने ठेकेदारलाई तह लगाउने चेतावनी दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् ।
उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी गरिरहेको समेत बताए । मन्त्री राईले भने, ‘ठेक्का लिने तर समयमा काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले अब छाड्दैन ।’
सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताउँदै उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भईरहेको दाबी गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com