साउन २५ । सरकारले निजामति कर्मचारीको तलब असमान रुपमा बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका नासुहरुले आज एक घण्टा पेन डाउन गरेका छन् । उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म देशभरका सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गरेको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताए ।
नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए ।
सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com