साउन, २६ । आगामी चुनावका लागि सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा सिट बाँडफाँटको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिट बाँडफाँट हुनेछ । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com