साउन, ३१ । सिन्धुपाल्चोक बाह्रविसे ४ को रिम्ती भिरमा सडक भासिएर जोखिम बढेपछि स्थानीय प्रसाशनले त्यसको अनुगमन गरेको छ । आज प्रमुख जिल्ला अधिकारी बेद खनालसहित बाह्रविसे नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीले त्यस क्षेत्रको अनुगन गरेका हुन् ।
प्रजिअ खनालका अनुसार रिम्ती भिरमा सडक भासिएर नागरिकलाई आवतजावत गर्न जोखिम बढेको छ । सडक भासिँदा बाटोमाथिका तीन घर पहिरोको उच्च जोखिममा परेका छन् । अनुगन गर्दै प्रजिअ खनालले उच्च जोखिममा परेका तीन घरका नागरिकलाई नगरपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिने बताए । त्यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले नागरिकलाई रातिको समय र पानी परेको समयमा हिडडुल गर्न रोक लगाइने प्रजिअ खनालको भनाई छ ।
वर्षातको समयमा सोही सडकभएर आवतजावत गर्न जोखिमपूर्ण भएकाले सुरक्षा अपनाउन नागरिकहरुलाई प्रजिअ खनालले आग्रह गरेका छन् । सोही क्षेत्रमा स्थानीय प्रशासनले जोखिम क्षेत्र भनि सूचनामुलक बोर्ड राख्ने तयारी पनि गरेको छ ।
लगातारको वर्षाले बाह्रबिसेबाट त्रिपुरा जाने रिम्ती भिरको बाटोमा दुई सय मिटर जति सडक भासिएको छ । भासिएको सडक अझै तल झरे भोटेकोसी नदी थुनिनसक्ने जोखिम समेत बढेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com