भदौ, २१ । आगामी मंसीर ४ मा हुने चुनावका लागि सर्लाही क्षेत्र नम्बर ४ (क) मा काँग्रेसबाट युवा नेता रघु कार्की सिफारिस भएका छन् । पार्टीको बैठकले प्रदेश सांसदका लागि कार्कीको नाम सिफारिस गरेको हो ।
कार्की नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् । ०६५ सालमा पशुपति बहुमुखी क्याम्पसमा स्ववियू सहसचिव निर्वाचित कार्की हाल कांग्रेस महासमिति सदस्य छन् । कानूनमा स्नातक गरेका कार्कीले समाजशास्त्र र राजनीति शास्त्रमा त्रिभुवन विश्विद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com