भदौ, २९ । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेटका निलम्बीत कप्तान सन्दीप लामिछाने कसरी नेपाल आउलान् ? यो धेरैको मनमा लागेका कौतुहल्ता हो । उनी विरुद्ध प्रहरीले पक्राउ पुजीृ पनि तयार पारेर राखेको छ । उनी जमाइका भन्ने देशबाट आफैँ नेपाल आउने आशमा प्रहरीले अहिलेसम्म एक्शन लिएको छैन । तर घटना बाहिर आएको एक हप्ता वितिसक्दा पनि उनी नेपाल आइपुगेका छैनन् । प्रहरी उनी आउने बाटो कुर्दै ठाउँ ठाउँमा चनाखो भएर बसेको छ ।
तपाईलाई लाग्ला सन्दीप लामिछाने प्लेन चडेरै नेपाल आउने त हुन् नी । तर विकल्प त्यो मात्रै छैन । सन्दीप हाल रहेको देश जमाइका उत्तर अमेरिका र दक्षिण अमेरिकाको बीचमा पर्ने एक टापु देश हो । यो देश र नेपालको हवाई दुरी १४ हजार ४ सय ८७ किलोमिटर छ । यो दुरी पार गर्न प्लेनलाई करिव २६ घण्टा लाग्छ । जमाइकाबाट नेपाल सोझो हवाई यात्रा छैन । यहाँबाट कम्तीमा पनि दुई वटा ट्रान्जिट गरेर नेपाल आइपुग्न सकिन्छ । त्यसरी आउँदा सन्दीप सोझै काठमाडौँ एयरपोर्टमै उत्रनु पर्छ ।
जहाँ उनलाई पक्राउ गर्न गौशाला प्रहरी २४ सै घण्टा एयरपोर्टमा तैनाथ छ । यसरी गए म घर पुग्न पनि पाउँदिन एयरपोर्ट बाटै गौशाला प्रहरीको हिरासतमा पुग्छु भन्ने सन्दीपलाई राम्रो संग थाहा होला । सुरुमै प्रहरीको कब्जामा पुग्दा यो घटनाबाट उम्कीने सन्दीपसंग कुनै अस्त्र रहने छैन । आफ्नो जीवनकै वारपारको अवस्थामा रहेका बेला क्रिकेटमा निक्कै चतुर सन्दीपले चलाखीपूर्ण काम गर्न सक्छन् । र उनी नेपाल आउने बाटो नै बदल्न सक्छन् । र सोझै आफूलाई आरोपीत गर्न युवतीसंग वार्ता गर्न सक्छन् । त्यसका लागि उनको जमाइकाबाट नेपालको बाटो यस्तो हुन सक्छ ।
जमाइकाबाट अफ्रिकन देश मध्य कुनै देशमा ट्रान्जीट लिने र त्यहाँबाट सोझै भारतको विहार स्थित दरभंगा एयरपोर्टमा अवतरण हुने । यो नेपालको सबैभन्दा नजिकको विमानस्थल हो । त्यहाँबाट ट्रेन र बसहुँदै जनकपुरसम्म ६ घण्टामा आउन सक्छन् । र त्यहाँबाट सजिलै काठमाडौँ आइपुग्न सक्छन् । नेपाल भारतको खुला सिमाको फाइदा सन्दीपले उठाउन सक्छन् । र उनी यदी यो केसलाई सजिलै ह्याण्डल गर्न सक्छन् । प्रहरीको आँखा छली उनले आरोपीत गर्ने युवतीसंग वान टु वान वा पारिवारिक कुरा गरेर सहमतिमा पुग्न सक्छन् वा विभिन्न प्रलोभनमा पारिन सक्छ । र प्रहरीकोबाट उजुरी फिर्ता लिन सक्छन् ।
कानुनत उनी सिधै प्रहरीको हिरासतमा पुगे सरकारी वकिलको कार्यालय हुँदै अदालतमा मुद्धा दर्ता हुन सक्छ र केस सजिलै सेटल गर्न उनलाई गाह्रो पर्ने हुन्छ । यदी सन्दीपले बाठो चाल गरे यस्तो हुन पनि सक्छ । हुन त सन्दीपले केही दिन अघि स्टाटस लेख्दै आफूले नेपालको कानुनलाई सम्मान गर्ने र कानुनी बाटोबाटै फाइट गर्ने बताएका छन् । आफू निर्दाेष रहेको पनि दावी गरेका छन् । उनको त्यो दावी सत्य हुन पनि सक्छ झुटो पनि । सत्यता यी दुई पात्रलाई बाहेक अरुलाई के थाहा ? यदी सन्दीपले ढाकछोपका लागि आरोप इन्कार गरेका हुने भने उनको नेपाल यात्रा त्यसै गरी हुन पनि सक्छ ।
घटना जसरी अघि बढोस यदी अपराध भएकै हो भने पीडितले न्याय पाउनु पर्छ । नेपालको सुपरस्टार खेलाडी भन्दैमा सन्दीप लामिछानेले छुट पाउनु पर्छ भन्ने छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com