असोज, २४ । सेयर बजारमा आज दोहोरो अंकको गिरावट भएको छ । आज बजार परिसूचक नेप्से २७.२६ अंकले गिरावट आएर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।
यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । आज ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com