काठमाडौँ । निलम्बित कप्तान तथा क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिरा आएको छ । नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेको घटना प्रकरणले नयाँ मोड लिएको छ । साथै समाजिक सञ्जालमा समेत तरंग फैलिएको छ ।
लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएको छ । आज सोमबार कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको समेत दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,’दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएको छ।’ उनी नाबालिग नभएको हुनसक्ने सम्भावना बढेको उहाँले बताउनुभयो ।
सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको जानकारी गराएका छन् ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते पक्राउ परेका हुन् । इमेजखबर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com