असोज, २६ । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो।
रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको छ ।
अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहहरूजस्तै आतंकवादीजस्तै आतंकवादी र अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सहजै यसबाट सञ्चालित सामाजिक सञ्जालको प्रयोग गर्न पाउनेछैनन् ।onlinekhabar
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com