असोज, ३१ । नेपाल फ्लोरिकल्चर एसोसिएशनले यो तिहारमा साढे १३ करोड रुपैयाँ बराबरको माला किनबेच हुने बताएको छ । यस वर्ष ११ करोड रुपैयाँ बराबरको २० लाख सयपत्री माला खपत हुन्छ । यस्तै, १ करोड ७० लाख रुपैयाँ बराबरको र ८० लाख रुपैयाँ बराबरको गोदावरी माला खपत हुन्छ । यो वर्ष गत वर्षको तिहारको तुलनामा १० प्रतिशतले मालाको खपत बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
उनले यस वर्ष नेपालमा सबै प्रकारको फूलको उत्पादन बढेकाले आयात नबढ्ने बताए । ‘नेपालमा प्रत्येक तिहारमा सयपत्री फूलका माला मात्रै आयात हुँदै आएको छ,’ तामाङले भने, ‘गत वर्ष १८ लाख माला खपत हुँदा ३ लाख माला भारतबाट ल्याइएको थियो ।’ यस वर्ष २० लाखको माला खपत हुँदा समेत सोही मात्रामा माला आयात हुने उनको भनाइ छ । यो वर्ष ४ लाख २५ हजार मखमलीका माला र २० हजार गोदावरीका माला खपत हुने बताएको छ ।
एसोसिएसनले गत वर्षको तुलनामा यस वर्ष मालाको मूल्य बढ्ने जनाएको छ । यो वर्ष सयपत्री फूलको मालाको मूल्य स्थिर भएपनि मखमली र गोदावरी फूलको मालाको मूल्य बढ्ने एसोसिएसनले बताएको छ । मखमलीको फूलको मालाको मूल्य प्रतिगोटा १० रुपैयाँ र गोदावरी फूलको मालाको मूल्य प्रतिगोटा ५० रुपैयाँसम्म बढ्ने एसोसिएसनको आँकलन छ । रातोपाटी
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com