कात्तिक, २० । आज सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा बढिले बढेको छ । आज बजार परिसूचक नेप्से ४३.२० अंक अर्थात २.२५ प्रतिशतले बढेर १९६५.३६ अंकमा पुगेको छ ।
गत साता बिहीबार ८० करोडमा सीमित भएको कारोबार रकम बढेर आज डेढ अर्ब नाघेको छ । आज बजारमा १९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com