मंसीर, ११ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष थापाले भने, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु’, थापाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेटौंडालाई राजधानी त बनाएँ। तर, काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’
एमालेको चुनाव चिह्न सूर्य लिएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ मा तेस्रो स्थानमा रहँदै हारेका हुन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com