मंसिर, २५ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि अहिले रवि लामिछानेले गठबन्धनसँग छलफल गरिरहेका छन् । सरकारमा सहभागी हुने विषय लगभग पक्का जस्तै भएको बताइएको छ ।
रास्वपाले गठबन्धनसमक्ष १० एजेण्डाहरू राखेको बताएको छ । ती एजेण्डाहरुमा गठबन्धनसँग कुरा मिले सरकारमा जाने रास्वपाको तयारी छ । रास्वपाले विदेशमा बस्ने नेपालीले भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधार लगायतका एजेन्डाहरू अगाडि सारेको बताइएको छ ।
पहिलो पटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । त्यसका लागि दुवै गठबन्धनका नेताहरूसँग अनौपचारिक छलफल भइरहेको एक नेताले पुष्टि गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com