पौष १, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र सिन्धु पर्यटन व्यवसायी संघले पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार विकास गर्ने समझदारी गरिने भएको छ । नगरपालिकाले पर्यटकीय नगरी सुकुटेमा आज पर्यटन प्रबद्र्धन सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा नगरपालिका र संघले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । यस्तै, कार्यक्रममा दोस्रो सुकुटे महोत्सव अगामी फागुनमा आयोजना गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद माधव सापकोटा सुबोध र प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे क्षेत्रलाई आधार बनाएर जिल्ला भरीकै पर्यटन क्षेत्रको विकासका लागि आफुहरुले सक्दो पहल गर्ने बताए । सासंदहरुले बलेफि गाउँपालिकामा पर्ने बलेफि मावि र चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको सुकुटे माविमा पर्यटन विषयको अध्ययन अध्यापन गराउने प्रतिबद्धता जनाएका छन् । सांसद सुबोधले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणाका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पर्यटन व्यवसायी तथा सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले जनप्रतिनिधिसँगको सहकार्यमा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने बताए । कार्यक्रममा नगरप्रमुख, कृष्णप्रसाद सापकोटा, उपप्रमुख प्रमुख सिता थापा, बलेफि गाउँपालिकाका अध्यक्ष गंगाप्रसाद तामाङ, पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com