पौष, ७ । काठमाडौँको वत्तिसपुतलीस्थित प्रेसिडेन्ट सेकुवा रेस्टुरेन्टको सुरुवात भएको छ । पे्रसिडेन्ट विजनेस ग्रुपको लगानीमा वत्तिसपुतलीमा सुविधायुक्त रेष्टुरेन्ट संचालनमा आएको हो । नेपाल बैँकको शाखा कार्यालयसंगै रहेको उक्त रेस्टुरेन्ट बुधबार एक कार्यक्रमकाबिच ओपनिङ गरिएको हो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज दाहालले संयुक्त उद्घाटन गर्दै रेस्टुरेन्टको व्यवसायीक सफलाको कामना गर्नुभयो ।
प्रेसिडेन्ड विजनेस ग्रुपले संचालन गरेको रेस्टुरेन्ट व्यवसाय छोटो अवधीमै बत्तिसपुतलीमा १४ औँ आउटलेटको शुभारम्भ गर्न सफल भएको प्रेसिडेन्ड विजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी दिनुभयो ।
२०६२ सालदेखि प्रेसिडेन्ट बिजनेस गु्रपको नामबाट हस्पिटालिटीको क्षेत्रमा काम गर्दै आएको यो समुहले सस्तो र गुणस्तरियता कायम गर्दै नेपाली मौलिक खानाको प्रवद्धन गर्दै आएको छ । यस समूहले करिव ३० जना फरक क्षमता भएका व्यक्ति सहित २५० जनालाई प्रत्यक्ष रोजगारीमा जोडेको छ । सेकुवालाई सिग्नेचर डिसका रुपमा ब्रान्डिङ गरेको यस आउटलेटमा सेकुवाका साथै सबै प्रकारका ९मल्टिक्वीजेन० खानेकुरा पाइने उहाँले जानकारी दिनुभयो । सामान्य सेमिनारहरु संचालन गर्न मिल्ने करिब १५० जना अटाउने हल पनि रहेको होटेल व्यवसायी महासंघका केन्द्रीय सचिव समेत रहेका भण्डारीले जानकारी दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com