८ पुस। नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुँदैछ । भोलीदेखि सुरु हुने प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।
सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरे । जसमा उपाधि विजेताले ५५ लाख, उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले क्रमसः १० र ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमजिृङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com