पौष, ८ । विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन । मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।
चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरेका छन् । भारतका स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले भनेका छन्, ‘कोविड अझै समाप्त भएको छैन । हामीले सबै अधिकारीहरूलाई सतर्क रहन र निगरानीलाई बलियो बनाउन आग्रह गरेका छौँ ।’ यससँगै स्वास्थ्य मन्त्रालयको बैठकपछि विमानस्थलमा चीनलगायत विदेशबाट आएका यात्रुको आकस्मिक परीक्षण सुरु गरिएको थियो ।
चीनमा भइरहेको डरलाग्दो संक्रमणका कारण फेरि एकपटक विश्वभर कोरोना संक्रमणको त्रास फैलिएको छ । कोभिड–१९ को अहिलेसम्मकै ठूलो लहर चीनमा आएको छ ।
चीनमा के भइरहेको छ ?
चिनियाँ स्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् । र एक रिपोर्टले आगामी केही महिनामा चीनमा मृत्यु हुनेको संख्या ५ लाख नाघ्न सक्ने बताएको छ ।
विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाको नयाँ लहरका कारण त्यहाँका अस्पतालहरू भरिभराउ भएको बताएको छ । तर स्थितिलाई सही ढंगले बुझ्ने गरी चीनले सही जानकारी दिएको छैन ।
विश्व स्वास्थ्य सङ्गठनका डा। टेड्रोस एडेनोम गेब्रेयससले बृहत् मूल्याङ्कनका लागि मानिसमा सङ्क्रमण कति गम्भीर छ, अस्पताल भर्ना र आइसीयूमा कति व्यक्ति छन् भन्ने कुरा ठ्याक्कै जान्न आवश्यक रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका आकस्मिक प्रमुख माइकल रायनले चिनियाँ अधिकारीले प्रभावित व्यक्तिको संख्या ‘अपेक्षाकृत कम’ भएपनि यहाँका आइसियूमा बिरामी भरिँदै गएको जानकारी दिएका छन् ।
यस महिनाको सुरुमा, चीनले आफ्नो कडा शून्य कोविड नीति खुकुलो पार्यो र त्यसपछि त्यहाँ कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । चीनको आधिकारिक तथ्याङ्कका अनुसार बिहीबार देशमा कोरोनाका कारण एकजनाको पनि मृत्यु भएको छैन । मंगलबार तीन र सोमबार पाँच जनाको मृत्यु भएको थियो ।
तर विश्वभरका महामारीविद् र विज्ञहरूले त्यहाँबाट महामारीको बारेमा आएको तथ्याङ्कमा शंका व्यक्त गरिरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com