पौष, ८ । प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले आफ्नो निर्वाचन क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्ध्ता व्यक्त गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित सांसद सुबोधले सामाजिक सञ्जाल मार्फत आम मतदातालाई धन्यवाद् दिँदै लेखेका छन्, ‘संसद भित्रको काम र निर्वाचन क्षेत्रमा नियमित उपस्थित हुने कार्यका बीचमा आवश्यक तालमेल मिलाई योजनाबद्ध रुपमा कार्य गर्ने प्रतिवद्ध्ता दोहो¥याउन चाहान्छु ।’ उनले प्रतिनिधिसभा सदस्यको सपथ ग्रहणसंगै बिधिवत रुपमा आफ्नो काम सुरु भएको पनि बताएका छन् ।
निर्वाचित भएसँगै नागरिकका समस्या र गुनासा सुन्न गाउँ गाउँ पुगेका सांसद सुबोधले अधुरा/अलपत्र सडकलगायत भौतिक पुर्वाधारका आयोजनाहरुको अनुगमन तथा व्यबस्थापनका लागि सरोकारवाला निकायहरुसंग आवश्यक पहल गरिरहेका छन् ।
उनले तातोपानी नाकालाई पुर्ण रुपमा सुचारु गर्न, ओरेन्ट म्याग्नेसाइटको समस्या समाधान गर्न, बाह्रबिसे ट्रान्जीट सिटी डिपिआर प्रक्रिया अगाडि बढाउने, जुरे पहिरो पिडितको रकम पीडिततलाई दिने व्यवस्था मिलाउने, भोटेकोशी शेयरको कार्यान्वयन, सुकुटे क्षेत्रको एकिकृत पर्यटन विकासको कामलाई आफुले अघि बढाएको बताएका छन् ।
त्यस्तै, सांसद सुबोधले बाह्रबिसे तातोपानी सडकको स्तोरन्नतीका लागि २ अर्ब ४७ करोड रकम अर्थ मन्त्रालय मार्फत व्यवस्था, हालसम्म विधुतिकरण नभएको गुम्वा–क्याङ्सिङ–तेम्वाथान क्षेत्रको विधुतिकरण लागि ३ करोड ५० लाख रकम नेपाल विधुत प्राधिकरण मार्फत व्यबस्थापन गरि काम अघि बढाइएको बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com