पुस १३ । रसुवागढी नाकाबाट नेपाल–चीन दुईतर्फी व्यापार बुधबार बिहानदेखि पुनः सञ्चालन भएको छ। नाकामा आयोजित एक समारोहमा द्विपक्षीय व्यापार पुनः सुरु भएको घोषणा गरियो। आजै मात्र ६ वटा कार्गो ट्रक नेपाली सामान बोकेर चीनको केरुङ प्रवेश गरेका छन्।
त्यस अवसरमा नेपाल र चीनको स्वशासित क्षेत्रका अधिकारी सहभागी थिए। कोरोना महामारीसँगै ३ वर्षयता रसुवा नाकाबाट आयात–निर्यात ठप्प भएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com