पुष, १४ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्न अझै केही समय लाग्ने भएको छ। नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबीच अझै भागवण्डा मिलिनसकेकाले मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको हो। गठबन्धनले मन्त्रिपरिषद् विस्तारलाई केही पछि धकेल्दे पहिले सरकारका न्यूनतम् साझा कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको छ।
सातै दलको साझा विचार समेटेर गठबन्धन सरकारको साझा धारणा बनाइसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि सत्ता आउने विश्वास प्रधानमन्त्री प्रचण्डले गरेका छन्।
बिहीबारको बालुवाटार बैठकले सत्ता साझेदारको संयोजकका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकपछि बोल्दै गृहमन्त्री रवि लामिछानेले पनि पहिले सरकारको उद्धेश्य तय गरिसकेपछि मन्त्रिपरिषद् विस्तारतिर लाग्ने बताए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com