माघ, १७ । सिन्धुपाल्चोकको लिदीका पहिरो पिडित परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
दुई वर्षअघि अर्थात वि.स.२०७७ साल साउन ३० गते लिदीमा गएको पहिरोले त्यहाँका २ सय ९ घरपरिवार विस्थापित भएका थिए । पिडित परिवारमध्ये ४१ घरपरिवारलाई सुरक्षित स्थानान्तरणका लागि स्थानीय सरकारले जग्गाधनी पुर्जा वितरण गरेको हो । सुरक्षित स्थानान्तरणका लागि पहिरो पिडितलाई चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालिमा जग्गा व्यवस्थापन गरिएको छ ।
सुरक्षित वासस्थानका लागि जग्गा व्यवस्थापन गरेसँगै आज चौतारामा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुवोध)ले पिडित परिवारहरुलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेका हुन् । जग्गाधनीपुर्जा हस्तान्तरण गर्दै सांसद सुबोधले सिन्धुपाल्चोकबासी प्राकृतिक विपद्बाट निकै प्रभावित हुँदै आएकाले यसको दिगो समाधानका लागि आफुले पहल गर्ने बताए । उनले बाढि, पहिरोबाट असुरक्षित रहेका स्थानीयहरुको स्थानान्तरणको लागि स्थानीय सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बो, पुर्व मेयर अमानसिं तामाङ, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com