माघ, २५। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पुँजीको ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको थियो । सार्वजनिक निष्कासनको लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
यस्तै ५ प्रतिशत अर्थात एक लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
कम्पनीको आईपीओमा छिटोमा १० फागनु र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १८ फागुनसम्म थप हुनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु का साथै सिडिएसीको मेरो सेयर तथा सि(आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले ओखढुंगाको मोलुङ गाउँपालिकमा ७ मेगावाटको क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निमार्ण गरी २०७४ चैत १२ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ भने आयोजनाको कुल अनुमानित लागत एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ। अनलाइनखबर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com