माघ, २५ । प्रतिनिधिसभा सांसद माधव सापकोटा सुबोधले गुणस्तरीय शिक्षा विकासका लागि शिक्षा ऐनलाई प्रभावकारी बनाउन आवस्यक रहेको बताएका छन् ।
आज वुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित कुपकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका लागि प्रभावकारी शिक्षा ऐनको आवश्यकता रहेको बताए । यसको निर्माणमा आफुले प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
फरक प्रसंगमा सांसद सुबोधले साधन श्रोतलाई केन्द्रित गरेर शिक्षा, स्वास्थ्य आयआर्जन र स्वरोजगारका क्षेत्रमा लगानी गरिने बताए । सांसद सुबोधले देश आर्थिक संकटमा रहेकाले अर्थतन्त्र सुधार र बिदेसीने जनशक्ति रोकथाम गर्नु पर्ने अहिलेको चुनौती भएको बताए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि शिक्षकलाई थप तालिमको व्यवस्थामा हुनुपर्नेमा जोड दिए । उनले आत्मअनुशासन र व्यवस्थापनबारे ध्यान दिन आग्रह गरे ।
वागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको योगदान हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले व्यवहारिक शिक्षामाका केन्द्रित हुन आग्रह गरेकी थिइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com