फागुन, ११ । सिन्धुपाल्चोकको चौतारासँगाचोकगढी नगरपालिकामा भएको नगरस्तरीय टेबलटेनिस प्रतियोगितामा मिलन लामा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ चौतारा बहुमुखी क्याम्पस ईकाइले आयोजनामा गरेको नगरस्तरीय खुल्ला एकल टेबलटेनिस प्रतियोगितामा लामा विजयी भएका हुन् । उनले नगद ५ हजार पुरस्कार हात पारेका छन् । प्रतियोगितामा अमोद साही दोस्रो र नबिन थापा तेस्रो भएका छन् । प्रतियोगिता हिजो र आज सञ्चालन भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com