फागुन, १६ । राष्ट्रिय भूमि आयोग सिन्धुलीले १२३ घर भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । २०७८ साल चैत २० देखि अहिलेसम्म भूमि आयोग सिन्धुलीले अहिलेसम्म १२३ घर भूमिहीन दलितसुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेको आयोगका सदस्य इन्दिरा निरौलाले जानकारी दिइन् । पहिलो चरणमा जिल्लाको दधौली नगरपालिका वडा नम्बर ६, ८, ९ र ११ का मुसर सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्यस्तै, दोस्रो चरणमा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ का १७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले देशभरमा भूमिहिन सुकुम्बासीहरुलाई पहिलोपटक सिन्धुली जिल्लामा जग्गाधनी पुर्जा वितरण गरेको थियो । आयोगका सदस्य निरौलाले अब जिल्लामा बाँकी रहेका सुकुम्बासीहरुलाई पनि जग्गाधनी पुर्जा वितरणको कामलाई तिब्रता दिईने बताईन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com