चैत, २७ । नेपाल सास्कृतिक कलाकर्मी संघको पाचौ महाधिबेशनबाट अध्यक्षमा उदिराम खड्का चयन भएका छन् ।
आइतबार काठमाडौमा सम्पन्न महाधिवेशनले खड्काको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा रुक्मिणी गिरि, सन्तोष गुरुङ्ग, महिला उपाध्यक्ष सन्ध्या सानू घताने निर्बाचित हुनु भएका छन ।
महाधिवेशनले कोशी प्रदेश अध्यक्ष कबिता गेलाल, मधेश प्रदेश अध्यक्ष प्रदेशी शाह, बाग्मती प्रदेशमा महेस प्रसाद हाडा र गण्डकी प्रदेशमा रामजी खाण निर्बाचित भएका छन । लुम्बिनी प्रदेश अध्यक्षमा भने खुम बहादुर केसि , कणाली प्रदेशअध्यक्षमा कृष्ण रेउले र शुदुरपस्चिम प्रदेशअध्यक्षमा सुरत रावतब निर्बाचित भएका छन । प्रदेश अध्यक्ष स्वत केन्द्रिय उपाध्यक्ष पदसरहको हैसियत प्राप्त गर्ने छन ।
त्यस्तै महासचिवमा लिलाधर भट्टराई लिगेस निर्वाचित हुदा उप-महासचिवमा दीपक भण्डारी , हिक्मत शाही क्षितिज र पवन चुकाह निर्वाचित भएका छन ।
त्यस्तै कोषाध्यक्षमा दिपेन्द्र आले र सह कोषाध्यक्षमा जालुमाया गुरुङ्ग लगाएत १८ जना सदस्य निर्बाचित भएका छन ।
महाधिबेशन उदघाटन कार्यक्रममा प्रमुख अतिथि काङ्ग्रेस सहमहामन्त्री भिष्मराज अङ्दाङ्बेले काङ्ग्रेसले हरेक श्रमको सम्मान गर्ने , र श्रमिकको रक्षाका लागि श्रमिक आन्दोलनको शरुवात काङ्ग्रेसले गरेको बताउदै आङ्दाबेले कलाकर्मिको समरक्षणाका लागि युवा लाग्नु पर्ने बताएका छन । कार्यक्रममा प्रतिनिधि सभासदस्य प्रतिमा गौतम , काङ्ग्रेस नेता भुपेन्द्रजङ शाहि , मनोजमणि आचार्य, प्रदेश माननिय मैया श्रेष्ठ , केन्द्रीय सदस्य बिधा तिमिल्सेना, डिबि गुरुङ, तेजेन्द्र कार्कि, योगेन्द्र कुवर, दुर्गा रायमाझि, सरस्वती ढुङ्गाना लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com