वैशाख, ३ । सुडानमा सेना र अर्धसैनिक बल आरएसएफबीच लडाइँ जारी छ । लडाइँमा ५० जनाभन्दा धेरै सर्वसाधारण मारिएको र ६०० जना घाइते भएको बीबीसीले जनाएको छ । राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । यो लडाइँमा १७ सर्वसाधारणसहित २५ जनाको मृत्यु भएको छ । अन्य डार्फर क्षेत्र लगायतमा पनि लडाइँ जारी छ ।
अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स आरएसएफले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले त्यसलाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सुडानमा गृहयुद्धको जस्तो अवस्था छ । स्थिति बिग्रिंदै गएपछि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन् । केही विमानस्थलमा आगलागी भएको छ । शहरका घर(घरमा गोली चलेको र विष्फोटको आवाज सुनिएको छ ।
देशमा प्यारामिलिट्री र्यापिड सपोर्ट फोर्स आरएसएफलाई सेनामा समायोजन गर्नुपर्ने माग सम्बन्धी विवाद नै लडाइँको कारण हो । यो माग सेनाले अस्वीकार गर्दै आएको छ ।अक्टोबर २०२१ को विद्रोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ । परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com