वैशाख १२ । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले नेपालमा भ्रष्टाचार एउटा मनोबैज्ञानिक रोगको रुपमा विकास भईरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुबोधले नेपालमा कानुनको अभावले भ्रष्टाचार नबढेको बरु यो एउटा मनोबैज्ञानिक रोगको रुपमा विकसित भईरहेको बताएका हुन् । भ्रष्टाचार आर्थिकजन्य क्रियाकलापमा मात्रै नहुने भन्दै सांसद सुबोधले अरु क्षेत्रमा हुने भ्रष्टाचारको मानसिकताप्रति पनि राज्यको ध्यान जान जरुरी रहेको बताए । श्रममा उचित ज्यालाको व्यवस्था नहुँदा पनि नेपालमा भ्रष्टाचार हुने गरेकाले श्रम अनुसारको पारिश्रमिक व्यवस्था गर्न आवस्यक रहेको सांसद सुबोधको भनाई छ । अहिले भ्रष्टाचार गर्नेहरु बहादुर र सदाचार हुनेहरु निरिह भएर बस्नुपरेको भन्दै र्सासद सुबोधले नियन्त्रण र नियमनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भ्रष्टाचार गर्नेहरुलाई सामाजिक बहिस्कार गर्नेसम्मको व्यवस्था गर्न आग्रह गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com