सोलुखुम्बु, २९ । TSW ले सोलुखुम्बुका १ सय ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रि वितरण गरेको छ । नेपाली काँग्रेसका नेता एवम् TSW का अध्यक्ष कर्मा शेर्पाले महाकुलुङ गाउँपालिका स्थित अमर ज्योति आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रि वितरण गरेका हुन् ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख तथा काँग्रेस नेता कृष्णप्रसाद निरौला, नेता गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई प्रती विद्यार्थी एक दर्जन कापी र स्कुल झोला वितरण गरिएको हो । कार्यक्रममा सहभागि अतिथीहरुले विद्यार्थीलाई दिईएको शैक्षिक सामग्रिले पठनपाठनमा थप प्रोत्साहन मिल्ने बताए ।
साथै सोलुखुम्बु जिल्लामै पहिलो पटक सबै विद्यार्थीहरुको जीवन शिक्षा बिमा कार्यक्रमको सुरुवात पनि गरिएको छ ।
विद्यालय ब्यबस्थापन समिती अध्यक्ष पन्चराम राईको सभापतित्वमा भएको कार्यक्रममा महाकुलुङ ५ का वडा अध्यक्ष महल सिंह राई, सोताङ ४ का वडा अध्यक्ष दीप राईको समेत सहभागिता रहेको थियो ।
TSW ले विगत देखि नै सोलुखुम्बुको शैक्षिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ भने गरिब विद्यार्थीहरुको लागि अभिभावक बन्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com