जेठ, १७ । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाका नागरिकलाई सञ्चारको सहज पहुँचमा पुर्याउनका लागि पहल थालेका छन् । जिल्लामा रहेको सञ्चार असुविधाको समस्या समाधानका लागि सांसद सापकोटाले आज सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मालाई भेटि छलफल गरेका छन् ।
मन्त्री शर्मासँगको भेटमा सांसद सापकोटाले जिल्लाका केही ठाउँमा नेपाल टेलिकमको सेवामा समस्या रहेकाले टावर थप गर्नुपर्ने र स्तरउन्नतिका विषयमा छलफल गरेका उनको सचिवालयले जनाएको छ ।
सांसद सापकोटाले भोटेकोशी गाउँपालिकामा रहेको लिस्तीकोट टावर, बलेफि गाउँपालिकामा रहेको मांखा टावर, जुगलमा रहेको चेपेडाँडा टावर र चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ मा रहेको ईर्खु टावरको स्तरउन्नतीका लागि आवस्यक व्यवस्था मिलाउन दुरसञ्चार कार्यालयलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै, लिसंखुाखरको बाघखोरडाँडा र यार्साडाँडा,बलेफिको देउरालीडाँडा, जुगलको आङलेखर्क र न्यौपानेडाँडा, बाह्रबिसेको यार्सा आनिगुम्बा र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनी बजारमा नयाँ टावर थपका लागि सांसद सापकोटाले आवस्यक पहल गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com